दुबइमा बसले ठक्कर दिंदा रुपन्देहीका युवा चापागाईको ज्यान गयो


१२ असार २०८१, बुधबार
tara chapagian

आबुधावी । संयुक्त अरब एमिरेट्स युएई (दुबइ) को आबुधावीमा सडक दुर्घटनामा परी रुपन्देहीका एक ३५ वर्षीय युवाको ज्यान गएको छ । आइतवार सार्वजनिक विदाको दिन राति आबुधावीको बनियास चाईन क्याम्प नजिक सडकमा बसले ठक्कर दिंदा रुपन्देही गजेडी–१ का तारानाथ चापागाईंको ज्यान गएको हो ।

चापागाईं पछिल्लो साढे दुई वर्षयता आबुधावीस्थित सल्भ क्लिनिङ एलएलसी कम्पनीको इतिहाद रेल क्षेत्रमा सरसफाइ कामदारको रुपमा कार्यरत थिए । सार्वजनिक विदाको दिन आइतवार साथीभाइ बसेर रमाइलो गरेको र आफूहरु बसोबास गर्ने मजदुर क्याम्प फर्किने बेला सडकमा बसले ठक्कर दिँदा चापगाईंको ज्यान गएको उनीसँगै काम गर्दै आएका सहकर्मीहरुले जनाएका छन् ।

सडक दुर्घटनामा परेर नेपालीको ज्यान गएको विषय कम्पनीले आबुधावीमा रहेको नेपाली दूतावासलाई समेत जानकारी गराइसकेको र शव नेपाल लैजान दूतावासले अनुमति प्रदान गरिसकेको दूतावासले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको स्थानीय प्रशासनलाई उद्दृत गर्दै दुतावासले उल्लेख गरेको छ । दुर्घटनामा परी अन्य नेपालीको हताहती भएकोबारे दुतावासलाई मंगलवारसम्म अधिकारिक जानकारी नआएको युएईका लागि श्रम काउन्सिलर दिनबन्धु सुवेदीले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७