भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्छ : सांसद खान


२०८१ असार ४ मंगलबार ०४:३० बजे

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट पुनर्लेखन गर्न माग गरेका छन् । आज (मंगलबार) प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद खानले भौतिक पूर्वाधार मन्त्रालयको बजेट नेतामुखी भएको टिप्पणी गर्दै मन्त्रालयको बजेट पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् ।

उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले केही क्षेत्र र केही जिल्लाहरूमा मात्रै बजेट सीमित गराउने काम गरेको बताउँदै पुनर्लेखन गर्न माग गरेका हुन् । सांसद खानले राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोचका कारण मुलुकको विकास निर्माणको काममा सुधार हुन नसकेको टिप्पणी गरे ।

उनले भने, ‘भौतिक पूर्वाधारमन्त्री ज्यूलाई के भन्न चाहन्छु भने–भौतिक पूर्वाधारको बजेट नेतामुखी भएको देखिन्छ । केही क्षेत्र र केही जिल्लाहरूमा सीमित देखिन्छ । तसर्थ भौतिक पूर्वाधारको बजेट पुनर्लेखन गरौं माननीय मन्त्रीजी । यसरी भएन । राष्ट्रिय योजना आयोगको अदूरदर्शी सोच र अपर्याप्त अन्वेषण, अनुसन्धानको कमीको कारणले व्यवहारिक र देशमा संरचनागत सुधार भइराखेको छैन ।’

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७