बोलीको ठेगान नभएका प्रधानमन्त्री पदमा बसिरहन मिल्दैन : प्रभु साह


२०८१ असार ४ मंगलबार ०४:२५ बजे

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नैतिकतामाथि प्रश्न उठाएका छन् । अध्यक्ष साहले प्रधानमन्त्री दाहाल आफ्नो बोलीमा अड्न नसकेकाले पदमा बसिरहन नमिल्ने बताए ।

प्रधानमन्त्रीले संघमा तीन करोड घटीको योजना रहँदैन भन्ने गरे पनि त्यो लागू नभएको उल्लेख गर्दै उनले आफ्नै कुरामा टिक्न नसक्ने प्रधानमन्त्रीले नैतिक रूपमा पनि पदमा बस्न नमिल्ने बताए । मंगलवार प्रतिनिधिसभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो टिप्पणी गरेका हुन् ।

अध्यक्ष साहले नेपाली जनताले तिरेको कर पहुँचवालाका लागि मात्रै वितरण गर्ने काम गर्न नहुने बताए । साहले भने‚ ‘यो बजेट पहुँचवालाको भएको छ। जनताले तिरेको कर हो भने देशभरी जानु पर्दैन ? पहुँचवाला नेता र उसका आसेपासे कार्यकर्ता र मन्त्रीहरूको निजी पैसा जस्तो हुने, सीमित ठाउँमा हुने, कुनै ठाउँ पूरै खाली हुने स्थिति अन्त्य हुन्छ कि हुँदैन ? प्रधानमन्त्रीबाट जवाफ चाहन्छु । प्रधानमन्त्रीले भन्नु भएको थियो– हामी अब संघमा तीन करोड घटीको योजना रहँदैन । तपाईंको कुरा चलेको छैन भने तपाईं कुन नैतिकताले त्यहाँ बस्नु हुन्छ ? त्यस अर्थ पनि विश्वासको ठूलो खडेरी छ । नेपाली जनतामा विश्वास जगाउन जरुरी छ ।’ अध्यक्ष साहले नेपाली जनतामा विश्वासको ठूला खडेरी देखापरेको उल्लेख गर्दै त्यसलाई चिर्ने गरी काम गर्न सरकारलाई दबाव दिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७