भारतीय गायिका अल्का याग्निकको न्यूरो संक्रमणका कारण गुम्यो श्रवण क्षमता


४ असार २०८१, मंगलवार
Alka Yagnik

काठमाडौं । भारतीय चर्चित पार्श्व गायिका अल्का याग्निकलाई दुर्लभ किसिमको न्यूरो संक्रमण भएको छ । जसका कारण उनको श्रवण (सुन्ने) क्षमता गुमेको उनले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएकी छन् । उनले आफू लामो समयदेखि निष्क्रिय रहनुको कारण पनि यही रहेको बताएकी छन् ।

उनले आफूले आफ्ना फ्यान, शुभचिन्तकलाई जानकारी दिन भनेर पोस्ट गरेको उल्लेख गरेकी छन् । उनले आफूलाई दर्शक तथा स्रोताहरुको माया र साथले रोगविरुद्ध लड्न र फेरि निको हुने आशा पनि व्यक्त गरेकी छन् । उनले फ्यानहरुलाई ठूलो स्वरमा गीत–संगीत नसुन्न पनि सजग गराएकी छन् । करिब २१ हजार गीत रेकर्ड गराएकी अल्काले भारतमा दुई राष्ट्रिय सम्मान पाएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७