गृहमन्त्रीलाई भीम रावलको प्रश्न : तपाईं र अरूका लागि फरक–फरक कानुन छ ?
![](https://www.nayapage.com/wp-content/uploads/2024/05/Bhim-Rawal-Rabi-Lamichhane.jpg)
काठमाडौं । सत्तारुढ नेकपा एमाले नेता भीम रावलले मन्त्री र अरुका लागि फरक–फरक कानुन हुन्छ भन्दै प्रश्न गरेका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानुन विपरीत दुई नागरिकता र दुई राहदानी हुँदा कारवाही नगर्ने तर कैलाश सिरोहियालाई नागरिकतामा विवरण फरक परेको भन्दै कार्यकक्षबाट पक्रिने भन्दै प्रश्न गरेका हुन् ।
उनले भनेका छन्–गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुई नागरिकता र राहदानी हुँदा केही कारवाही नगर्ने तर कैलाश सिरोहियालाई दुईटा नागरिकतामा ‘विवरण फरक परेको’ भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने ! के मन्त्री र अरूका लागि फरक–फरक कानुन छ ? कानुनी राज्यको उपहास !