लेखा समितिको बैठकबाट समाज कल्याण परिष सदस्य केसीलाई किन निकालियो बाहिर ?

काठमाडौं । लेखा समितिको बैठकबाट समाज कल्याण परिषद्की सदस्य आस्था केसीलाई बाहिर निकालिएको छ । सांसद अमरेशकुमार सिंहले बोलेको विषयले व्यक्तिगत रूपमा झगडाको रूप लिएपछि उनलाई समिति सभापति ऋषिकेश पोखरेलले बाहिर जान निर्देशन दिएका हुन् ।

आज (मंगलबार) को लेखा समितिको बैठकमा छलफलका क्रममा प्रतिनिधिसभाका सांसद सिंहले परिषद् दलहरूको भर्ती केन्द्र र आसेपासे जम्मा गरेर राख्ने ठाउँ बन्यो बनेको आरोप लगाएका थिए । सोही क्रममा अमरेस र उनको पछि बसेकी केसीबीच व्यक्तिगत रूपमा झगडाको अवस्था सिर्जना भएपछि सभापति पोखरेल केसीलाई बाहिर जान निर्देशन दिएका हुन् ।
अमरेसले भनेका छन्, ‘समाज कल्याण परिषद् दलहरू भर्ती केन्द्र र आसेपासे जम्मा गरेर राख्ने ठाउँ बन्यो । राजाकालमा रानी हुन्थिन् । रानीले काम नभएर आफ्ना आसेपासे राख्थिन् । रानीले आसेपासे राखे जसरी अहिले पनि दलहरूले यसरी राख्न थाले ।’