कांग्रेसलाई दीपशिखाको कटाक्ष : हाम्रो काँध चढेर बढेको कद चुमुकचुमुक गर्दा घट्ला
काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ ले माओवादीको काँध चढेर नेपाली कांग्रेसको कद उचो भएको टिप्पणी गरेका छन् ।
ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठकमा माओवादीको बारेमा टीकाटिप्पणी भएपछि उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो टिप्पणी गरेका हुन् । उनले माओवादीले छोडेको दिन कांग्रेसको कद पुड्को हुने उल्लेख गरेका हुन् ।
‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझुन् । हाम्रो काँध चडेर तिम्रो कद उचो भएको हो । छोडेको दिन पुड्को हुनुपर्छ’, उनले भनेका छन् ।