मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु, श्रीमती घाइते


२०८० मङ्सिर ४ सोमबार १८:३२ बजे

धनगढी । कञ्चनपुरमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । सोमबार पूर्व–पश्चिम राजमार्ग अन्तरगत भासीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिदा भीमदत्त नगरपालिका–९ बस्ने ४८ वर्षीय तारासिंह कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले चलाएको सुपप्र ०२००४१ प २७०० नम्बरको स्कुटरलाई म २ प ७४५६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका कार्कीको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्कुटर पछाडि सवार कार्कीकी श्रीमती लक्ष्मी घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटरलाई ठक्कर दिएपछि फरार भएका मोटरसाइकल चालक कञ्चनपुरकै वेदकोट नगरपालिका–१० बस्ने २२ वर्षीय शेरसिंह सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । मृतकको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७