गाजा ‘नरसंहार’ लाई अन्तर्राष्ट्रिय अदालतमा लैजान्छौं : राष्ट्रपति एर्दोआन
काठमाडौँ । टर्किएका राष्ट्रपति रेचेप तय्यप एर्दोआनले गाजामा भएको ‘नरसंहार’ लाई अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताएका छन् । उनले गाजा पट्टीमा प्यालेस्टाइनीहरूको मृत्युको संख्या धेरै भएको बताएका छन् ।
उनले गाजामा भएको नरसंहारलाई करिब २ हजार वकिलहरूसँग अन्तर्राष्ट्रिय अदालतमा लैजाने बताए । गत अक्टोबर ७ यता जारी द्वन्द्वमा १२ हजार भन्दा बढी प्यालेस्टिनी मारिएका छन् भने ३० हजारभन्दा बढी घाइते भएका छन् । एजेन्सी