काठमाडौं, २३ बैसाख । पाँच लाख घुस लिंदै गर्दा रकमसहित पक्राउ परेका काठमाडौको बुढानिलकण्ठ नगरपालिकाका कार्यालयकी प्रमुख प्रशासकीय अधिकृत उपसचिव लीला अधिकारी र इन्जिनियर बीजेन्द्र श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
बुढानिलकण्ठ नगरपालिका–२ बाँडेपाखामा पानी ट्याङ्की बनाईसकेपछि अन्तिम विल भुक्तानी र कार्य अनुभव पत्र दिने क्रममा उनीहरुलाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरी विशेष अदालत काठमाडौमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अनुसन्धानका क्रममा दुवैजनाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० बमोजिम कसुर गरेको देखिन आएकाले उनीहरुलाई जनही पाँच लाख रुपैया विगो त्यसै अनुसार जरिवाना र छ महिनादेखि डेढ बर्षसम्म कैद सजाय माग गरिएको अख्तियारका प्रवक्ता दीर्घराज मैनालीले जानकारी दिए ।