रास्वपाको प्रधानमन्त्रीलाई विश्वासको मत, गुण र दोषका आधारमा समर्थन र विरोध


२०७९ चैत ६ सोमबार १२:३६ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय सुनाएको छ । आज (सोमबार) प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका नेता डोलप्रसाद आचार्यले गुण र दोषका आधारमा सरकारको समर्थन र विरोध गर्ने गरी विश्वासको मत दिन लागेको जानकारी दिए ।

‘गुण र दोषको आधारमा हामी सरकारलाई विश्वासको मत दिन्छौँ । हामीले दिने विश्वासको मत भोलिका दिनमा फेरिनै नसक्ने कबुलियत नामा होइन’, अर्यालले भने, ‘दलीय खिचातानी र एकार्काका टिप्पणी र आलोचना छोडेर जनताका काम गर्ने वातावरण निर्माणमा यो सरकार लागोस् भन्ने हाम्रो चाहना छ ।’

उनले केही गरौँ भन्ने चाहना राख्नेहरूको समूह देखेर आफ्नो पार्टीलाई जनताले मत दिएको भन्दै अब पनि निरन्तर काम गरेर जनताको विश्वास जित्ने प्रयास गर्ने बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७