भरतपुर अपडेट : विजय र रेणुको कडा टक्कर


२०७९ जेठ २ सोमबार ०६:३६ बजे

चितवन । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहाल र एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा टक्कर देखिएको छ । सोमबार बिहान सवा ५ बजेको परिणाम अनुसार ९,३७० मत गणना हुँदा सुवेदीले ३,३२४ मत पाएका छन् ।

दाहालले ३,३०६ मत पाएकी छन् । बागी उम्मेदवार जगन्नाथ पौडेलले १,१८७ मत पाएका छन् । यस्तै उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले अग्रता कायमै राखेका छन् । उनी ३,६८८ मतसहित अगाडि हुँदा राप्रपाकी हिमला गुरुङले २,६५० मतसहित पछ्याइरहेकी छन् ।

मतको ट्रेन्ड हेर्दा सत्ता गठबन्धका अन्य उम्मेदवारले शतप्रतिशत प्यानल मत पाएको देखिन्छ । वडा नम्बर १ मा निर्वाचित कांग्रेस वडाध्यक्षले १,३९७ मत पाएका थिए भने वडा नम्बर २ मा कांग्रेसबाटै निर्वाचित वडाध्यक्षले २,१०५ मत पाएका छन् । यो जोड्दा ३,५०२ मत हुन्छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ३,४९८ मत पाएका छन् । अर्थात वडाध्यक्षले पाएको मतभन्दा चार मत मात्रै कम पाएका छन् । तर सोही अनुपातमा रेनुले भने मत पाएकी छैनन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७