पोखरामा गठबन्धनका धनराज ६१३, एमालेका कृष्ण ५८३ मतसहित पछिपछि
पोखरा । पोखरा महानगरपालिकाको मत गणनामा नेकपा (एकीकृत समाजवादी) ले अग्रता कायम राखेको छ । जारी मतगणनामा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका प्रमुख पदका उम्मेदवार धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा (एमाले) का उम्मेदवार कृष्ण थापाले ५८३ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मतसहित अग्रस्थानमा गरेकी छन् भने एमालेकी मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेकी छन् । राप्रपाका शंकर खनालले ९८ मत ल्याउँदा अटेरी अभियानमार्फत स्वतन्त्र उम्मेदवार बनेका गनेश पौडेलले ३६ मत पाएका छन् ।