एक महिनाअघि विहे गरेका जोडी नै सामुदायिक वनमा मृत भेटिए


०५:५९ बजे

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका-१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुई जना मृतावस्था भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको बताए । जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएको जनाइएको छ ।

प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन् । अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका-५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७