महानगरपालिकाको मतपत्रमा उम्मेदवार नभएको पदमा पनि चुनाव चिह्न


१४:२६ बजे

काठमाडौं । स्थानीय तह निर्वाचनमा महानगरपालिकाको मतपत्रमा उम्मेदवार नभएको पदमा पनि चुनाव चिह्न रहने भएको छ । निर्वाचन आयोगले ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकामा उम्मेदवार नरहेको दलको चुनाव चिह्न नराख्ने निर्णय गरेको थियो ।

तर कुनै दलले स्थानीय तहका प्रमुखदेखि वडा सदस्यसम्मका सात पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिए पनि मतपत्रमा दलको लहरमा सात वटै चुनाव चिह्न रहने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका छन् ।
मतपत्रमा पालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष, महिला वडा सदस्य, दलित महिला वडासदस्य, र खुला दुई वडा सदस्यको गरी हरेक दलको सातवटा चुनाव चिह्न एउटै लहरमा राखिएको हुन्छ । यीमध्ये कुनै एउटा पदमा उम्मेदवारी दिए पनि उक्त दलको सातवटै चुनाव चिह्न रहने प्रवक्ता पौडेलले जानकारी दिए ।

सामाजिक सञ्जालमा मिथ्या सूचना राखे कारबाही
निर्वाचन आयोगले उम्मेदवार तथा राजनीतिक दलहरुलाई मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ । सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोष्ट भइरहेको भन्दै आयोगले यस्ता काम रोक्ने चेतावनी दिएको छ । अन्यथा निर्वाचन आयोग ऐनको दफा २३ र निर्वाचन कसुर ऐन र प्रचलित कानुन अनुसार कारबाही गर्ने जनाएको छ ।

आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको परिभाषा गरेको छ, जसअनुसार भनिएको छ, निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्‍याउने नियत राखी नराखी वा उक्त सूचना झुटो हो भन्ने बुझी नबुझी सम्प्रेशित गरिएको भ्रमक सूचनालाई मिथ्या सूचना भनिन्छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७