एम्बाप्पे चम्किँदा फ्रान्सको ८ गोल, विश्वकपमा छनोट


२०७८ कार्तिक २८ आइतबार ०२:५० बजे

काठमाडौं, २८ कात्तिक । साबिक विजेता फ्रान्सले काजाकिस्तानमाथि गोल वर्षा गर्दै सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकपमा स्थान पक्का गर्न सफल भएको छ । खेलमा फ्रान्सका लागि पहिलो ह्याट्रिक गरेका किलियान एम्बाप्पे नायक रहे । फ्रान्सले खेलमा गरेका ८ मध्ये ४ गोल उनैले गरे ।

खेलको छैटौं मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पेले १२ औं र ३२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । त्यसपछि खेलको अन्त्यतिर उनले चौथो गोल गरे । कुनै पनि प्रतिस्पर्धात्मक खेलमा फ्रान्सका कुनै पनि खेलाडीले ह्याट्रिक गरेको सन् १९८५ पछि यो पहिलो थियो । त्यतिबेला डोमिनिक रोचेटेउले ह्याट्रिक गरेका थिए ।

खेलमा करिम बेन्जेमाले दुई तथा एडरियन राबियोट र एन्टोनी ग्रिजमानले एक–एक गोल गरे । जीतसँगै फ्रान्स समूह डीको शीर्ष स्थानमा रहने पक्का भएको छ । एक खेल बाँकी छँदा फिनल्याण्ड ११ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७