प्रधानमन्त्री र डा. गोविन्द केसीबीच भेटवार्ता


२०७८ भदौ १ मंगलबार ०१:५८ बजे

काठमाडौं, १ भदौं । डा. गोविन्द केसीले आफ्ना मागका सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरिरहेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवासँग अहिले डा. केसी छलफलमा रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यसअघि डा. केसीले स्वास्थ्य राज्यमन्त्रीबाट उमेश श्रेष्ठलाई हटाउनुपर्ने लगायतका पाँच बुँदे माग अघि सार्दै भदौ ३ गतेसम्मको अल्टिमेटम दिएका थिए । उनको अल्टिमेटम सकिन दुई दिन बाँकी छ ।

निजी अस्पतालका सञ्चालक उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिएको भन्दै डा. केसीले विरोध जनाएका थिए । उनले स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुपर्ने माग राखेका छन् ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७