प्रदेश प्रमुख मिश्रले लिए शपथ


२०७८ भदौ १ मंगलबार ०२:१८ बजे

काठमाडौं, १ भदौं । प्रदेश नम्बर–२ का नव नियुक्त प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मिश्रले नेपालको संविधानको धारा १६७ बमोजिम शपथग्रहण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित थिए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७