एनएमबिका ग्राहकलाई फुडमाण्डु र किरानामा क्यासब्याक

काठमाडौं, २५ असार । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमाण्डु लगायतका स्टोरहरूमा विद्युतीय भुक्तानी गरी समान खरीद गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । सोही उद्धेश्यले बैंकले द्विपक्षीय समझदारी गरेको छ ।
बैंकले ग्राहकहरूलाई घरमै बसी मनपर्ने खाना लगायत अन्य आवश्यक सामग्रीहरू फुडमाण्डु, स्टपग्य्राब, ग्यापु र किरानाबाट बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी अनलाइन अर्डर गर्दा १०५ वा रु ५०० सम्म क्यास ब्याक प्रदान गर्ने जानकारी दिएको हो ।
बैंकले आफ्नो सेवाहरु वृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाइट www.nmb.com.np को NMB Visa Card Discount गलत सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
एनएमबि बैंकका हाल देशभर १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छन् ।