स्रोत नखुलेको करिब ३२ लाख रुपैंयाँसहित एक पक्राउ

सिरहा, २६ पुस । स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित सिराहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिराहा सदरमुकाम सिराहा नगरपालिका–२२ हकपाराका शिवनाथ यादव छन् । प्रहरी चौकी लगडीगोठबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ३९ वर्षीय यादवलाई सिराहा नगरपालिका–२१ बाट नियन्त्रणमा लिएको हो ।
यादवको साथबाट कपडाको झोलामा राखिएको स्रोत नखुलेको ३१ लाख ८९ हजार रुपैयाँ बराबद भएको सिराहाका प्रहरी प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए । पक्राउ परेका यादवलाई उक्त रकमसहित आवश्यक कारबाहीका लागि सम्पती शुद्धीकरण विभाग हरिहर भवन ललितपुर पठाइएको शर्माले बताए ।