कोरोनाबाट विश्वमा दुई करोड ७९ लाख संक्रमित, ९ लाख बढीको मृत्यु


२०७७ भदौ २५ बिहीबार १६:१२ बजे

काठमाडौं, २५ भदौं । विश्वमा कोरोना संक्रमितको संख्या दुई करोड ७९ लाख नाघेको छ । संक्रमितहरुमध्ये ६० हजार बढीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

कोरोनाका कारण विश्वमा हालसम्म ९ लाख बढीको मृत्यु भइसकेको छ । यस्तै संक्रमितमध्ये २ करोड ८२ हजार कोरोनामुक्त भएका छन् ।

विश्वमा सक्रिय संक्रमितको संख्या ७० लाख रहेको छ । अमेरिकामा ६५ लाख ४८ हजार संक्रमित रहेका छन् ।

जसमध्ये ३८ लाख बढी कोरोनामुक्त भएका छन् भने एक लाख ९५ हजारको मृत्यु भइसकेको छ । भारतमा कोरोना संक्रमणको दर दिन प्रतिदिन बढ्दै गएको छ ।

भारतमा अहिलेसम्म ४४ लाख संक्रमित रहेकोमा ३४ लाख कोरोनामुक्त भएका छन् भने ७५ हजारको मृत्यु भएको छ ।

ब्रजिलमा कोरोना संक्रमितको संख्या ४१ लाख ९९ हजार छ भने ३४ लाख कोरोनामुक्त हुँदा १ लाख २८ हजारको मृत्यु भएको छ । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७