कुकुर पाल्नु भएको छ ? पहिला दर्ता गर्नुस्


२०७४ माघ १५ सोमबार १३:१३ बजे
इटहरी, १५ माघ : धरान उपमहानगरपालिकाले अब धरानबासीलाई दर्ता बिनाका कुकुर पाल्न नदिने भएको छ । नगरकार्यपालिकाले घरेलु कुकुरको दर्ता गर्ने र सामुदायिक कुकुरको बन्ध्याकरण गर्ने निर्णय गरेको छ । उपमहानगरको समाजिक विकास शाखाका प्रमुख गणेश खतिवडाका अनुसार अब धरानका हरेक घरपालुवा कुकुर दर्ता गरिने छ । २ हजार शुल्कमा दर्ता गरेपछि कुकुरले परिचय नम्बर पाउनेछ । साथै कुकुुरको घाँटीमा बेल्ट र छालामा कतै चिप्समा जिपिएस जडान गरिने खतिवडाले जानकारी दिए । दर्ता भएका कुकुरहरुलाई विभिन्न रोगका खोप पनि उपमहानगरले नै लगाई दिनेछ । धरानका घरपालुवा कुकुरको लगत राख्न, स्वास्थ्य सुधारका कार्यक्रम ल्याउन र कुन कुकुर कसको हो भन्ने प्रष्ट गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले जनाएको छ । उपमहानगरको सामाजिक विकास शाखाका प्रमुख खतिवडाले भने–‘अहिले चिप्स आइसकेको छैन । फागुनसम्ममा चिप्स ल्याएर यो काम शुरु गरिन्छ ।’ धरानमा झण्डै १० हजार घरपालुवा र ५ हजार ‘सामुदायिक’ कुकुर रहेको अनुमान छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७