कुकुर पाल्नु भएको छ ? पहिला दर्ता गर्नुस्
२ हजार शुल्कमा दर्ता गरेपछि कुकुरले परिचय नम्बर पाउनेछ । साथै कुकुुरको घाँटीमा बेल्ट र छालामा कतै चिप्समा जिपिएस जडान गरिने खतिवडाले जानकारी दिए । दर्ता भएका कुकुरहरुलाई विभिन्न रोगका खोप पनि उपमहानगरले नै लगाई दिनेछ ।
धरानका घरपालुवा कुकुरको लगत राख्न, स्वास्थ्य सुधारका कार्यक्रम ल्याउन र कुन कुकुर कसको हो भन्ने प्रष्ट गर्न यो कार्यक्रम ल्याइएको उपमहानगरले जनाएको छ । उपमहानगरको सामाजिक विकास शाखाका प्रमुख खतिवडाले भने–‘अहिले चिप्स आइसकेको छैन । फागुनसम्ममा चिप्स ल्याएर यो काम शुरु गरिन्छ ।’ धरानमा झण्डै १० हजार घरपालुवा र ५ हजार ‘सामुदायिक’ कुकुर रहेको अनुमान छ । .gif)

.png)

