नेपालको १४ जिल्लासँग जोडिएको विहारमा कोरोनाबाट एकको मृत्यु


२०७६ चैत ९ आइतबार ०५:२५ बजे

काठमाडौं, ९ चैत । नेपालको १४ जिल्लासँग सीमा जोडिएको भारतको विहारमा कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट पहिलो व्यक्तिको ज्यान गएको छ ।

योसँगै भारतको कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । बिहारको राजधानी पटनाको एम्स अस्पतालमा एक व्यक्तिको मृत्यु भएसँगै कोभिड–१९ का कारण भारतमा मृत्यु हुनेको संख्या ६ पुगेको हो ।

हालसम्म भारतमा कोरोनाका कारण संक्रमितको संख्या ३ सय ३२ पुगेको छ । आइतबारसम्म विश्वभर ३ लाख ८ हजार ५४० कोरोनाबाट संक्रमित छन् । १३ हजार ६९ को मृत्यु भइसक्दा उपचारपछि ९५ हजार ८ सय स्वस्थ बनेका छन् । एजेन्सी

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७