कोरोनाको चौतर्फी असर : पशुपतिको आरती बन्द, २५ भन्दा बढी मलामी नआउन आग्रह


२०७६ चैत ७ शुक्रबार १०:१७ बजे

काठमाडौं, ७ चैत । विश्वव्यापी त्रासदी मच्चाइरहेको कोरोना (कोभिड–१९) भाइरसको संक्रमण् जोखिमले नेपाललाई पनि विस्तार ‘लकडाउन’ बनाउँदै लगेको छ ।

कोरोना भाइरसको जोखिमका कारण नेपालमा चौतर्फी असर र प्रभाव पर्न थालेको छ । सरकारले पशुपति आर्यघाटमा सम्भव भएसम्म २५ जनाभन्दा बढी मलामी अपनाउन अनुरोध गरेको छ । सरकारले एक पटकमा एकै स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाउने निर्णय गरेपछि पशुपति क्षेत्र विकास कोषले सरकारी निर्णयलाई ख्याल गरिदिन आग्रह गरेको हो ।

यसका लागि घाटमा सूचना दिइसकिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिएका छन् । उनले सामुहिक भजनर्कीतन पनि रोकिएको जनाए । ‘सरकारको निर्देशनअनुसार नै मालामी आईदिनुस् भनेर अनुरोध गरेका छौं ।’

उनका अनुसार नियमित नित्य पूजा नियमित चलिरहन्छ, तर बाहिरको पशुपति आरती भने भोलिदेखि बन्द हुनेछ । उनी भन्छन्, ‘विशेष पूजा गर्नेहरु पनि विस्तारै घट्दै छन्, त्यो पनि केही दिनमा स्वतः बन्द हुने अवस्थामा पुगेको छ ।’

कोषका कार्यकारी निर्देशक डा. घनाश्याम खतिवडाका अनुसार मन्दिर क्षेत्रभित्र प्रवेश गर्ने यात्रुलाई हात धोएर मात्रै जाने व्यवस्था गरिएको छ भने पूजाअर्चनामा पनि विशेष सतर्कता बढाइएको छ । त्यसगरी घाट र विद्युतीय शवदाह गृहको सरसफाइलाई पनि ध्यान दिइएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७