कोरोनाका बिरामीको सबै जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री ढकाल


२०७६ चैत ६ बिहीबार १७:४९ बजे

काठमाडौं, ६ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोनाको संक्रमण भएका सम्पूर्ण बिरामीको उपचारको जिम्मा सरकारले लिने बताएका छन् ।

नेपाल प्रेस काउन्सिल र स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसका विषयमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री ढकालले कोरोना लागेका सबैको उपचारको जिम्मा सरकारले लिने बताए ।

उनले सबै प्रदेशमा भाइरस परीक्षणको व्यवस्था गरिने र कोरोना संक्रमण भएको पाइएमा बिरामीको जिम्मा सरकारले लिने स्पस्ट पारे । उनले भने, ‘रगत परीक्षण गरेर त्यहाँ यो कोरोना संक्रमित हो भन्ने भयो भने अनि बल्ला खकारहरु त्यहाँबाट ल्याएर टेस्ट गर्न सकियो अनि बिरामीलाई चाहिं उपचार गर्ने कुरा की त्यहिं व्यवस्था गरिन्छ की यहाँ ल्याएर उपचारको जिम्मा सरकारले लिन्छ ।’

मन्त्री ढकालले निजी क्षेत्रका अस्पतालमा उपचारको व्यवस्था भएपनि पहिलो प्राथमिकता सरकारी अस्पताल नै रहेको बताए । उनले निजी अस्पतालहरुको प्रयोग विदेशी नागरिक तथा कुटनीतिक नियोग र अन्य व्यक्तिहरुको लागि गरिने बताए ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले सहि सूचना प्रवाह गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोनाविरुद्धको लडाईँ आफ्नो जीजनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७