मोरङको केराबारीमा ऐतिहासिक मच्छिन्द्रे मेला


०३:२९ बजे

बेलबारी : धार्मिक तथा ऐतिहासिक मच्छिन्द्रे मेला २०७४ शुक्रवारबाट संञ्चालनमा आएको छ । पौष २१ गतेदेखि २५ गते सम्म संञ्चालन हुने सो मेलाको उद्घाटन केराबारी गाउँपालिका प्रमुख रोहित बहादुर कार्कीले रिवन काटेर गरेको थियो । मेला उद्घाटन गर्नुपूर्व स्थानीय जात जातिहरूको सास्कृतिक झाकीहरुले केराबारी बजारको परिक्रमा गरेको थियो । राईको चण्डी लिम्बूको ढोल नाच तथा च्याब्रुङसहित विभिन्न भजन कीर्तन समूहका टोलीहरूले भर्जन कीर्तन गाउँदै र्यालीमा सहभागी भएका थिए । मेला आयोजक समितिका अध्यक्ष भवानी लिम्बुको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधि जन निर्वा्चित प्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधिहरूले मच्छिन्द्र मेला ढिलै भए पनि संञ्चालनमा आउनु केराबारीको लागि सुखद भएको भन्दै यसलाई निरन्तरता दिन सवैक्षेत्रका बुद्धिजीवीहरू लाग्नुपर्ने औँल्याएका छन् । मेलामा २ सय भन्दा बढी विभिन्न स्टलहरु राखिएका छन् । पाँच दिनसम्म लाग्ने सो मेलालाई सभ्य र भव्य बनाउन स्थानीय कलाकारहरुद्धारा सास्कृतिक कार्यक्रम तथा म्याराथुन दौड,टेवलटेनिस,व्याडमिन्टन,भजनकिर्तन प्रतियोगिता हुने आयोजकले जनाएको छ । धार्मिक तथा सास्कृतिक महत्त्व वाकेको सो मेला परापूर्वकालदेखि संञ्चालनमा आएको भन्दै मेलाको संरक्षण सर्वद्धन र व्यापार प्रवर्द्धन गर्ने उदेश्यले मेला संञ्चालनमा आएसँगै स्थानीय व्यापारी व्यवसायीहरू खुसी भएका छन् । झन्डै विष वर्षपछि केराबारी व्यापार प्रबन्ध समितिको आयोजनामा गत वर्षदेखि मेलाको सुरुवात भएसँगै यसले निरन्तरता पाएकोमा खुसी व्यतm गर्दै आगामी दिनमा मेला लगाउने स्थान र जग्गाबारे गाउँपालिकाले पहल गर्नुपर्ने केराबारी व्यापार प्रबन्ध समितिका अध्यक्ष चुरानसिंह वाकले बताए ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७