नायव सुब्बाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौं, २४ असार । लोकसेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०२-०७५–७६ (खुला), नेपाल न्याय सेवा, न्याय/सरकारी वकिल समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको नतिजा प्रकाशन भएको छ ।
आज एक सूचना जारी गर्दै लोक सेवा आयोगले भनेको छ । लोकसेवा आयोग, जलेश्वर कार्यालयको बिज्ञापन नं ११३०२र०७५–७६ (खुला), नेपाल न्याय सेवा, न्याय सरकारी वकिल समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक), नायव सुब्बा वा सो सरह पदको लागि एकीकृत परीक्षा प्रणाली अन्तर्गत माग पद संख्या १७ (सत्र) को लागि मिति २०७६–०३–१५ गते देखि २०७६–०३–२२ गतेसम्म सञ्चालन भएको कम्प्यूटर सीप परीक्षण तथा अन्तरवार्तामा उपस्थित २४ (चौबीस) जना उम्मेद्वारहरुको लिखित परीक्षा, कम्प्यूटर सीप परीक्षण र अन्तर्वार्ता समेतको कूल प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले स्थायी नियुक्तिका लागि तपशीलका कार्यालयहरुमा सिफारिस गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।
हेर्नुस् सूचना








