६१ तोला सुन चोरेको आरोपमा पाँच युवा पक्राउ


२०७६ बैशाख १६ सोमबार १०:३७ बजे

सिन्धुली, १६ बैसाख । स्थानीय एक व्यक्तिको डेराबाट ६१ तोला सुन चोरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार पत्रकार सम्मेलन गरी सिन्धुलीको कमलामाई नगरपालिका–५, देउराली, रानीखोलाका विनोदकुमार दियाली, बुद्ध दियाली, प्रदीप दियाली, कमलामाई नगरपालिका–७, ठूलीटारका हरि खत्री र मोरङको सुन्दरहरैंचा नगरपालिका–२ का सुनिल बराइलीलाई सार्वजनिक गरेको हो ।

चोरीमा संलग्न अरु तीन जना अझै फरार रहेको र उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । गएको फागुन ६ गते सदरमुकाम सिन्धुलीमाडीस्थित स्टलबजारमा रहेको मिश्राकुमारी खड्काको घरमा डेरागरी बस्ने सुरजीत सरकारको कोठाबाट उनीहरुले ६१ तोला सुन चोरेको प्रहरीले जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७