स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु


०५:३४ बजे

काठमाडौं, १७ चैत । प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका प्रश्नपत्र छपाइ गर्ने भएको छ ।

‘हामी नयाँ प्रश्नपत्र छपाइ गर्ने तयारीमा लागेका छौं– एसईई कार्यालयका परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले भन्नुभयो । उहाँले प्रदेश नम्बर २ का लागि नयाँ प्रश्नपत्र छपाइ प्रक्रिया शुरु गर्न लागिएको जानकारी दिए ।

पनिकाले सबै विषयमा झन्डै दुई दर्जनभन्दा बढी विषयमा प्रश्नपत्र छपाइ गर्नुपर्ने हुन्छ । तर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २१ गतेसम्मको परीक्षाको अवस्था हेरेपछि मात्रै थप प्रश्नपत्र छपाइ गर्ने तयारी गरिरहेको छ ।

आज बस्ने बोर्ड बैठकले प्रदेश २ को परीक्षाको तालिका र प्रश्नपत्र छपाइ गर्ने विषयमा निर्णय गर्नेछ । प्रश्नपत्र छपाइ गर्न जनक शिक्षा सामग्रीको सुरक्षण मुद्रणालयलाई तयारी अवस्थामा रहन मन्त्रालयले प्रक्रिया पूरा गरिसकेको जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७