भ्यालेन्सियाको लिगमा पहिलो हार, बार्सिलोनालाई फाइदा


१९:०२ बजे
 एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा यो सिजन शीर्ष स्थानको बार्सिलोनालाई सुरुदेखि नै टक्कर दिँदै आएको भ्यालेन्सिया लिग अन्तर्गत आइतबार राति भएको खेलमा पराजित भएको छ । भ्यालेन्सियाको यो हारले बार्सिलोनालाई फाइदा पुगेको छ र उसले पाँच अंकको अग्रता कायम राख्दैँ फाइदा पुगेको छ ।  पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भ्यालेन्सियाले यो सिजनमा पहिलो हार गेटाफेसँग बेहोरेको हो । घरेलु मैदानमा भएको खेलमा २५ औं मिनेटमा अ्ररामबार्री दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि गेटाफे १० खेलाडीमा सीमित भएको थियो । तर त्यसको फाइदा भ्यालेन्सियाले लिन सकेन । ६६ औं मिनेटमा गेटाफेका लागि बेर्गाराले गोल गरे । त्यो गोल नै उसको जितमा निर्णायक बन्यो । हारपछि दोस्रो स्थानको भ्यालेन्सियाको १४ खेलबाट ३१ अंक भएको छ । शीर्ष स्थानको बार्सिलोनाको ३६ अंक छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ३० तथा चौथो स्थानको रियल मड्रिडको २८ अंक रहेको छ । १९ अंकसहित गेटाफे आठौं स्थानमा छ । राति नै भएका अरु खेलमा लेगानेसले भिल्लारियल तथा एइबरले स्पानियोललाई समान ३–१ तथा लास पालमसले रियल बेटिसलाई १–० ले हरायो ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७