पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक, भेन्टिलेटरमा राखियो

काठमाडौं, १७ फागुन । पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य नाजुक बनेको छ । लामो समयदेखि थलिएका उनको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । अचेत भएपछि उनलाई भेन्टिलेटरमा राखिएको छ ।

धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आइसियुमा राखेर उनको उपचार हुँदै आएको छ । श्वासप्रश्वास लगायत विभिन्न समस्या देखिएपछि अधिकारी माघको दोस्रो सातादेखि ह्याम्स अस्पतालमा उपचाररत थिए । ८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएको छ ।
उनलाई वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिमले हेरिरहेको छ । डाक्टर रक्षा पाण्डे, डा सविन कोइरालालगायतको टीम उनको उपचारमा संग्लग्न छ । छाती रोग र मुटुरोग विशेषज्ञहरुले उपचार गरिरहेको अस्पतालले जनाएको छ ।