विदेश नीतिमा कुन पार्टी ठीक ?

नेपालको लागि भारतबाहेक अर्को संसार छैन भन्ने मनोदशा भएकाहरूले जनमत पाउनुहुँदैन।आसन्न निर्वाचनको प्रचारप्रसार बढी विकासकेन्द्रित छ । वैैदेशिक सहयोगको योगदानमा आधारित विकास भएको राष्ट्रको कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध पनि विकासकेन्द्रित नै हुन्छ । तर, निर्वाचनमा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध आत्मसम्मानसहितको विकासबाट निर्देशित हुनुपर्छ भन्ने मतले म्यान्डेट पाउनुपर्छ, जसले राष्ट्रिय स्वार्थ रक्षा गर्न सकोस् ।
