मकै गोडिरहेका बेला करेन्ट लागेर एक महिलाको मृत्यु, तीन जना घाइते
रूकुम । रूकुम पश्चिममा करेन्ट लागेर बारीमा काम गरिरहेकी एक महिलाको ज्यान गएको छ । मुसिकोट नगरपालिका–८ मा मकै गोड्न गएका बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको मृत्यु भएको हो ।
भुईमा लत्रिएको तार छुँदा रोकाको करेन्ट लागेर मृत्यु भएको हो । करेन्ट लागेर ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन् ।