पोर्चुगल जर्जियासँग स्तब्ध
काठमाडौँ । पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ । गए (बुधबार) राति सम्पन्न जारी युरोकपको समूह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २–० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो ।
जर्जियाको जितमा खभिचा भारतखेलिया र जर्जस मिकाउटाजेले एक–एक गोल गरेका थिए । यो जितपछि समूह ‘एफ’ मा जर्जिया तेस्रो स्थानमा रहदै नक आउट चरणमा पुगेको छ ।
त्यस्तै हारका बाबजुद पोर्चुगल समूहमा शीर्ष स्थानमा रहेको छ । त्यस्तै समूह ‘एफ’ मा टर्कीले चेक रिपब्लिकलाई २–१ गोल अन्तरले पराजति गरेको छ र समूहमा दोस्रो हुँदै नकआउट चरणमा छनौट भएको छ । यस समूहबाट चेक रिपब्लिक बाहिरिएको छ ।