झलनाथले छाडे पार्टी अध्यक्षको दावी, घनश्यामलाई समर्थन
![Jhalanath khanal](https://www.nayapage.com/wp-content/uploads/2024/06/Jhalanath-khanal.jpg)
काठमाडौं । झलनाथ खनालले आसन्न महाधिवेशनमा नेकपा एकीकृत समाजवादीको अध्यक्ष पदको दावी छाडेका छन् । उनले अध्यक्ष पदमा घनश्याम भुसाललाई साथ दिने भएका छन् । भुसाल हाल महासचिव छन्। खनाल निवासमा आज भएको छलफलपछि यो सहमति जुटेको हो ।
छलफलमा खनाल, भुसाल र युवा संघका पूर्व अध्यक्ष नरेशकुमार शाही सहभागी थिए । पार्टीमा पुस्तान्तरणको बहस चलाउँदै आएका भुसालका पक्षमा समर्थन जुटाउन यसअघि पनि विभिन्न चरणमा छलफल भएका थिए । यसअघि खनाल आफै अध्यक्षमा उठ्ने दावी गर्दै आएका थिए ।
आजको छलफलपछि उनी अध्यक्षको दाबीबाट पछि हटेका हुन् । वर्तमान अध्यक्ष माधव नेपाल पनि दोहोरिन खोजिरहेका छन् । उनले अडान नछाडे अब नेपाल र भुसाल आमनेसामने हुनेछन् । यही असार १६ गतेदेखि एकीकृत समाजवादीको महाधिवेशन हुँदैछ ।