समाचार लाइक गरेको आरोपमा आइजीपीद्वारा तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोध


२२ फाल्गुन २०७५, बुधबार
news nayapage

काठमाडौं, २२ फागुन । सशस्त्र प्रहरी बलका आइजीपी शैलेन्द्र खनालले समाचार लाइक र सेयर गरेको आरोपमा तल्लो दर्जाका कर्मचारीलाई दुःख दिन थालेका छन् । आफूले गरेका अनियमितता र गलत क्रियाकलापविरुद्ध समाचार निरन्तर आउन थालेपछि उनी सुधारिनुको साटो तल्लो दर्जाका सशस्त्र प्रहरीमाथि प्रतिशोध साँध्न थालेका छन् ।

news nayapage

नयाँपेज डटकम र रातोपाटीमा ‘सशस्त्र प्रहरीमा बिचौलियाको बिगबिगी’ शीर्षकमा प्रकाशित समाचार लाइक गरेको आरोपमा उनले खेलकुदमा कार्यरत सशस्त्र प्रहरीका सई र हवल्दारलाई गण र गुल्ममा सरुवा गरिदिएका छन् । ह्यान्डबलका कमाण्डर सई दिनेश देउजाले झुक्किएर समाचार लाइक गरेका आधारमा उनलाई स्पष्टीकरण सोधियो । त्यतिले मात्र नपुगेर २ बर्ष ग्रेडरोक्का गरी खेलकुदबाट सानोगौचरणको स्टाफ कलेजमा सरुवा गरेका छन् । सशस्त्र प्रहरी निरीक्षक हुने बेला भएका देउजालाई २ ग्रेड रोक्का गरि उनको वृत्तिविकास नै अवरुद्ध पारिएको छ ।

त्यसैगरी, सशस्त्रको फुटबलका कमाण्डर दीपक खड्कालाई आइजीपी खनालले समाचार सेयर गरेको आरोपमा मातातीर्थको एकेडेमीमा सरुवा गरिदिएका छन । दर्जाले हवल्दार हुन् खड्का । सशस्त्र प्रहरी बलका यी दुई खेलाडीले समाचार फेसबुकमा लाइक र सेयर गरेको आरोप लगाइएको छ । यी दुवै विशुद्ध खेलाडी सई र हवल्दारले अन्जानबस लाइक वा सेयर गरेका हुन् कि नियतबस हो, त्यसको समेत यथार्थता पत्ता नलगाई प्रतिशोध साँध्ने काम आइजीपी खनालले गरेका छन् । उनीहरुलाई आइजीपी खनाल र उनका निकटहरुले हल्चोक नै छिर्न नदिने ऐलान गरेका छन् ।

सशस्त्र प्रहरी बलका आइजीपी खनालको आडमा बिचौलिया नरेश भट्ट र सुरज अधिकारीले मुख्यालयमा हैकम जमाउने गरेको र सशस्त्रका सवारी चालक र इन्धन समेत उपलब्ध गराउने गरेको समाचार नयाँपेज र रातोपाटी अनलाइनमा आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७