मुख्य कार्यसूचीमै प्रवेश नै नगरी राष्ट्रिय सभा बैठक स्थगित


३० भाद्र २०७८, बुधबार
rastriyasava gpnugwCRoB

काठमाडौं, ३० भदौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभा बैठक स्थगित भएको छ । बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको हो ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि संविधानसभा सदस्य मानबहदुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक स्थगित भएको हो । अब अर्को बैठक असोज ५ गते बस्ने छ ।

बुधबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७’, सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा थियो ।

बुधबारको बैठकमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूचीमा उल्लेख छ । तर, एमाले सांसदहरुले बैठकमा अवरोध गरेपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसादन तिमिल्सेनाले बैठक स्थगित गरेको जानकारी गराए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७