प्रदेश न दुईको चुनावी प्रचारप्रसारमा अध्यक्ष लामा सहित अनेरास्ववियु

प्रकाशित मिति :2017-09-14 09:32:32

जनकपुर: अनेरास्ववियु अध्यक्ष नविना लामा दुई नम्बर प्रदेशको स्थानीय निर्वाचनको प्रचारप्रसारका लागि तराई मधेशमा छिन।


अध्यक्ष नवीना लामाको नेतृत्वमा अनेरास्ववियु प्रदेश २ को आठवटै जिल्लामा खटिएको हो । २६गते बाराको सिमरा बाट शुरु गरेको लामा नेतृत्वको प्रचारप्रसार अभियानको टोली बिहीवार जनकपुर पुगेको छ।

नविना लामा बारा,पर्सा,रौतहट,सर्लाहीका उम्मेदवारका पक्षमा घरदैलो र सभाहरुमा भोटको अपिल गर्दै अभियान छिन् ।बारा जितपुर उपमहानगरपालिका,बिरगंज महानगरपालिका,चन्द्रनिगाहपुर नगरपालिका,हरिवन नगरपालिका लगायतका ठाउँमा उम्मेदवार सगँसगै बस्तीहरुमा भोटमाग्दै र युवा बिध्यार्थी भेला गर्दै उम्मेदवारका पक्षमा जनमत ल्याउने अभियनमा लागिकी छिन् ।

नवीना लामा नेतृत्वको अनेरास्ववियुको टोलीमा सचिब ओशिम आलम, प्रवक्ता सुदिप शर्मा र केन्द्रीय सदस्य सजिना थापामगर रहेका छन्। मौन अवधि अघि सम्म तराई बसेर राजधानी फर्कने योजना रहेको प्रवक्ता सुदिप शर्माले जानकारी दिए।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula