निर्वाचन आचारसंहिता कुल्चँदै ९ सचिव र १२ सहसचिव विदेश सयरमा

प्रकाशित मिति :2017-09-14 08:16:43

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गर्दे सरकारका ९ सचिव र १२ सहसचिव एकैपटक चीन भ्रमणमा निस्केका छन् । सचिव र सहसचिवको टोली १३ दिने भ्रमणका लागि सोमबार चीन गएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

ती सरकारी अधिकारी निर्वाचन आयोगको सहमति लिएर भ्रमणमा गएका हुन् । आयोगका आयुक्त सुशीरकुमार शाहको संयोजकत्वमा गठित निर्वाचन आचारसंहिता समितिले भ्रमणको सहमति दिएको हो ।

निर्वाचन आयोगले भदौ १५ गतेदेखि निर्वाचन आचारसंहिता लगाएर सरकारलाई सरुवा, बढुवा, भ्रमणलगायत कार्यक्रम स्वीकृत नगर्न आग्रह गरेको थियो । तर, आयोग आफैंले एकैपटकमा २१ जनालाई विदेश भ्रमणमा जान सहमति दिएको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula