भूतपूर्व गोर्खाहरुको मुद्धाहरुको विषयमा गेसो र वर्षामान पुनबीच भेटवार्ता

प्रकाशित मिति :2017-09-14 00:16:34

काठमाडौं : गोरखा भूतपूर्व सैनिक सघं(गेसो)को टोलीले बुधबार पूर्व अर्थमन्त्री तथा माआवादी केन्द्रको नेता बर्षामान पुनसँग भेटघाट गरेको छ । गेसोको टोलीले नेता पुनलाई गेसोले उठाइरहेको भूतपूर्व सैनिकले उठाइरहेको मुद्धाहरुको विषयमा पुन स्मरण गराएको थियो । गोर्खाजहरुको समस्या समधानको लागी त्रिपक्षिय बार्ताबाट भएको उपलब्धि बारे बृस्तृत जानकारी पनि जानकारी गराएका थिए ।

गेसोले यस अघि पनि पुनलाई भेटेर गोर्खाहरुको समस्य, आन्दोलन र बेलायतले गोरखाहरु माथि अहिलेसम्म गरिरहेको अन्यायको विषयमा जानकारी गराएको थियो ।

पुनले गेसोको टोलीेलाई गेसोको प्रतिनिधि मण्डललाई आफनो आफनो पार्टी र मेरो ब्यक्तिगत तर्फबाट गर्नु पर्ने सहयोग हर प्रकार सहयोग गर्न आश्वासन दिए । उनले यस विषयमा परराष्ट्र मन्त्रिसँग पनि कुरा गर्ने बताएको गेसोको सभापति कृष्णकुमार राईले जानकारी दिए ।

गेसोको टोलीमा सभापति राई, उपसभापति मणि किरात बान्तावा, केन्द्रीय सदस्य वीरध्वज राई , बिना इङनम र सुनिता गुरूङ सहभागी थिए ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula