नेपाल आइडलका टप-४ सागर आलेलाई मगर संघको सम्मान

प्रकाशित मिति :2017-09-13 23:17:45

काठमाडौं : एपि वान टेलिभिजनद्धारा प्रशारण भइरहेको नेपाल आइडलको टप ४ मा पुग्न सफल सागर आले मगरलाई सम्मान गरेको छ ।

मगर समुदायको साझा सामाजिक सस्था नेपाल मगर सघंले बुधबार कंलकीको सघंको केन्द्रीय कार्यलयमा कार्यक्रम आयोजना गरी सम्मानसहित बधाई तथा शुभकामना दिएको हो । सघंले आलेलाई मगरको श्रीपेच ‘फेता’ लगाइ बधाई पत्र दिएर सम्मान गरे ।

सागर आले गत हप्ता दर्शकहरुको मतका आधारमा कम मत पाइ बाहिरिएका थिए । नेपाल आइडलको शीर्ष तीन प्रतियोगीहरुमा बुद्ध लामा, निसान भट्टराई, प्रताप दास बाकी रहेका छन्।
सम्मान कार्यक्रममा मगर भाषाको चलचित्र ‘लोम्बा’का निर्देशक अनिल बुढामगर, नवगायक द्वय साजन आलेमगर र मनोज थापामगरलाई पनि सम्मान गरिएको थियो ।

मगर संघको केन्द्रीय अध्यक्ष नबिन रोकामगरको अध्यक्षता, महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरण र सास्कृतिक संघको अध्यक्ष कबिराज मगरको स्वागत मन्तव्यमा सप्पन्न भएको सम्मान कार्यक्रममा मगर महिला संघ, मगर विद्यार्थी संघ, मगर सास्कृतिक संघ, मगर संघ काठमाडौं, मगर महिला संघ काठमाडौं, मगर महिला संघ ललितपुर आदि संघ–सस्थाहरु र बिभिन्न ब्यक्ती–ब्यक्तित्वहरुले सागर आले लगायतका सम्मानित हरुलाई सम्मान गरेका थिए ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula