प्रताप दासलाई छातीमा सजाउँदै सुन्दरी फ्यानहरू (फोटोफिचर)

प्रकाशित मिति :2017-09-13 20:48:54

प्रबिन कुलुङ राई

ललितपुर: एपीवान टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘नेपाल आइडल’को फाइनलमा प्रवेश गरेका प्रताप दासलाई लगनखेलमा स्वागत गरेको छ । नेपाल आइडलको टप थ्रीभित्र प्रवेश गरेपछि लगनखेल पुगेको दासलार्इ भव्य स्वागत गरिएको हो ।

लगनखेलमा नेपाल आइडल प्रतिस्पर्धी प्रताप दासको हेर्ने सयौं समर्थक कार्यक्रम सुरू हुनु तीन घन्टा पहिले देखि नै भेला भएका थिए।फ्यानहरू प्रताप दासको स्टेज आइपुग्दा चर्को हुटिङ र नाराबाजीले प्रतापलाई उनीहरूले हौस्याए।प्रताप दास पुग्न तीन घण्टा अगाडी पुगेका बिराटनगरकी आँचल बस्नेतले आफुलाई प्रताप दासको गर्लफ्रेण्ड भन्न मन पराएको बताइन् । 

प्रताप दास नेपाल आइडलको आस भन्दै केटी फ्यानहरु हुटिङ गरिरहेको थियो। मिठो मुस्कानका धनी प्रताप स्टेजबाट तीन ओटा गाइसकेपछि मुस्काउँदै थ्यांक्यु भन्दै दर्शकहरुको कारण यहाँसम्म पुगेको बताए । प्रताप ढाका दौरा सुरुवाल र टोपीमा सजिएर प्रस्तुत भए।

उनका फ्यान र प्रताप दासलाई जिताऔं र नेपाल आइडल हुने पक्का हो भन्दै हुटिङ लगाई रहेको थियो । दास जिताऔं अभियानको आयोजनामा भएको कार्यक्रम ललितपुरको बिभिन्न ठाँउमा परिक्रमा गरार्इ मंगलबाजरमा गएर सम्पन्न भयो ।

 

 

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula