न्यायपरिषदद्वारा सर्वोच्चमा तीन न्यायाधीश सिफारिससँगै १९७ जिल्लाका न्यायाधीशको सरुवा (सूचीसहित)

प्रकाशित मिति :2017-09-13 18:59:16

काठमाडौं : न्यायपरिषद्को बुधबारको बैठकले सर्वोच्च अदालतका लागि तीन न्यायाधीशको नियुक्ति सिफारिस गरेको छ । प्रधानन्यायाधीश एवम् न्यायपरिषद्का अध्यक्ष गोपाल पराजुलीसहितको पदाधिकारी बैठकले भर्खरै उक्त निर्णय गरेको हो ।

यस्तै बैठकले मुलुकभरका एक सय ९७ जिल्ला न्यायाधीशको सरुवा समेत गरेको छ ।  संघीय संसद र प्रदेश सभा चुनावका लागि निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा पनि परिषदको बुधबार बसेको बैठकले न्यायाधीश सरुवाको निर्णय गरे ।

यस्तै  बैठकले उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश बमकुमार श्रेष्ठ, सुर्खेत उच्च अदालतका डम्बरबहादुर शाही र उच्च अदालत पाटनका मुख्य न्यायाधीश टंकबहादुर मोक्तानलाई सर्वोच्चको स्थायी न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula