यी बाँदरले हार्यो सेल्फी मुद्धा !

प्रकाशित मिति :2017-09-13 16:51:57

काठमाडौं : इन्डोनेसियाको जंगलमा लिइएको एउटा सेल्फी मुद्धाको फैसला भएको छ । लामो समयको कानुनी लडाईँपछि बाँदरको सेल्फी फोटोको स्वामित्वको विवाद सकिएको हो ।

सन् २०११ मा इन्डोनेसियाको जंगलमा लिइएको बाँदरको सेल्फी फोटोको स्वामित्व अन्ततः फोटो ग्राफरलाई नै दिइने भएको छ । क्यामेरामा दाँत देखाउँदै चम्किलो आँखा देखाएको बाँदरको सेल्फीसम्बन्धी फोटोको विषयमा पशु अधिकारकर्मीहरुले दायर गरेको मुद्दा फोटा ग्राफरले जितेका हुन् ।
उक्त बाँदरले डेविट स्लेटरको क्यामरालाई उठाउन खोज्दा उक्त तस्बिर लिइएको थियो । उक्त तस्बिर बाँदरले नै

खिचेको भन्दै पशु अधिकारकर्मीहरुले गरेको रिटमा फोटोको सर्वा्धिकारसम्बन्धी अधिकार बाँदरलाई दिन नसकिने फैसला अदालतले गरेको बीबीसीले जनाएको छ

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula