उपेन्द्र यादव र विजयकुमार गच्छादारलाई पनि राजपामा !

प्रकाशित मिति :2017-09-13 16:26:19

काठमाण्डौ : राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले मधेशीको हक अधिकार सुनिश्चित गर्नका लागि सबै मधेशवादी शक्ति एक हुनुपर्ने बताएका छन् । राष्ट्रिय जनता पार्टीका नेता मनिष सुमनले मधेशवादी शक्तिलाई एक ठाउँमा ल्याउने प्रयत्न भइरहेको खुलासा गर्दे उपेन्द्र यादव र विजयकुमार गच्छादार पनि राजपामा नै सामेल हुनुपर्ने आवश्यक रहेको बताएको हो ।

‘उनीहरुको हामीलाई इन्तजार छ । सम्झाई बुझाई भइरहेको छ ।’ सुमनले भने, ‘दोस्रो चरणको स्थानीय निकायको चुनावको नतिजापछि यादव र गच्छादारको भ्रम टुटेको छ ।’
उनले मधेशीलाई गोली हान्ने र अर्या्दित शब्दले गाली गर्ने दलका नेताको पछाडि लागेर यादव र गच्छादारले गल्ती गरेको सुमनको भनाई छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता सुमनले मधेशका जनताले नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रप्रति असन्तुष्टी जनाएको दाबी गर्दै नेता सुमनले संविधान निर्माण गर्दा मधेशीलाई उपेक्षा गरिएको आरोप मधेशी जनताले तीन दललाई लगाएको जिकिर गरे ।

राजपाले संविधान गरेर मधेशी जनताको अधिकार सुनिश्चित गराउनका लागि धेरै प्रयास गरे पनि त्यो पूरा नभएको उल्लेख गर्दै नेता सुमनले अधिकार प्राप्तीको लडाई जारी रहेको बताए ।
त्यस्तै प्रदेश नम्बर २ मा नेकपा एमाले पत्तासाफ हुने सुमनको अर्को टिप्पणी छ । कतिपय स्थानमा एमालेले उम्मेदवार नै नपाएको र उम्मेदवार भएको ठाउँमासमेत प्रचार प्रसार गर्न नसकेको सुमनले बताए ।

कांग्रेस र माओवादीलाई पनि मधेशी जनताले संविधानमा अधिकार स्थापित गर्न नसकेको आरोप लगाएकाले जनमत घटेको सुमनको दाबी छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula