नवराज सिलवालले दिए डिआइजीबाट राजिनामा

प्रकाशित मिति :2017-09-12 21:29:55

काठमाडाैं :   प्रहरी नायब महानिरीक्षक (डिआइजी) नवराज सिलवालले अाफनाे पदबाट राजिनामा दिएका छन् ।  सर्वोच्च अदालतमा उनले  दायर गरेको रिट निवेदन खारेजपछि उनले मंगलबार विज्ञप्ती जारी गरी राजिनामा दिएका हुन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको बृहद् पूर्ण इजलासले डिआइजी सिलवालको रिट मंगलबारै  खारेज गरेको हो । सरकारले चार वर्षका लागि प्रहरी महानिरीक्षकमा नियुक्त प्रकाश अर्यालको नियुक्ति कानुनसम्मत देखिएकाले सिलवालको रिट अगाडि बढाउन आवश्यक नभएको समेत सर्वोच्चले ठहर गरेको थियाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषदले डीआईजी जयबहादुर चन्दलाई आइजीपी नियुक्त गरेपछि एउटा र प्रकाश अर्याललाई आईजीपी नियुक्त गरेपछि अर्को गरी सिलवालले दुई वटा रिट सर्वोच्च अदालतमा दायर गरेका थिए ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula