कांग्रेसले थाल्यो अन्तर्घात गर्ने नेतामाथि कार्वाही ‘सूचीमा सांसददेखि त्रिविका उपकुलपतिसम्म’

प्रकाशित मिति :2017-09-12 21:19:12

काठमाडौं नेपाली कांग्रेसले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा अन्तरघात गरेको भन्दै दर्जनौं नेता कार्यकर्तालाई कार्वाही प्रक्रिया अघि बढाएको छ ।

बिभिन्न जिल्लाबाट प्राप्त उजुरीका आधारमा कांग्रेसले नेता कार्यकर्तामाथि कार्वाही अघि बढाएको हो ।समितिका संयोजक रमेश रिजालको अध्यक्षतामा मंगलवार पार्टी केन्द्रीय कार्यालय, विपी स्मृति भवनमा बसेको बैठकले सो निर्णय गरेको हो ।

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध असहयोग र अन्तर्घात गरेको भनी पार्टी केन्द्रीय कार्यालयमा प्राप्त उजुरीमा आरोपित व्यक्तिसंगस्पष्टीकरण माग गर्ने निर्णय गरिएको सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

स्पष्टीकरण सोधिएकामा सांसद् मीठु मल्ल, जगदीश्वर नरसिंह केसी, ललितजंग शाहीलगायत छ । काँग्रेसको नुवाकोटका सभापति समेत रहनुभएका सांसद् केसीले एक÷दुई जनाले षड्यन्त्रपूर्वक उजुरी दिएका भरमा अनुशासन समितिले त्यस्तो निर्णय गरेको दाबी गर्दै आफूले कुनै अन्तरघात गरेको पुष्टि भए पार्टीबाट राजीनामा दिने जनाए ।

बैठकले पहिलो र दोस्रो चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेका प्रदेश नं। १, ३, ४, ५, ६ र ७ ९२ नं। प्रदेश बाहेक० मा पार्टीका कुनै सदस्यले पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध असहयोग र अन्तर्घात गरेको सम्बन्धमा केन्द्रीय कार्यालयमा उजुरी दिन आगामी असोज १० गतेसम्मको समय तोक्ने निर्णय गरेको छ ।

काँग्रेस केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७० लाई आवश्यक संशोधन सहितपारित भएको छ । समितिको सचिवमा काँग्रेस केन्द्रीय कार्यालयका सचिव अधिवक्ता केशव रिजाललाई नियुक्त गरिएको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula