आवश्यकता परे मन्त्रिमण्डल अझै विस्तार हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति :2017-09-12 13:47:03

विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यकता परे अझै मन्त्रीमण्डल विस्तार गर्ने बताएका छन् । चुनावी कार्यक्रममा सहभागी हुन प्रदेश न. २ जाने क्रममा विराटनगर पुगेका प्रधानमन्त्री देउवाले विमानस्थलमा सञ्चारकर्मीसँग आवश्यकता परे अझै मन्त्री थप्नुपर्ने बताएको हो ।


नेपालको इतिहासमै सबैभन्दा ठूलो आकारको मन्त्रिमण्डल बनाएको भनेर आलोचना भइरहेका बेला उनले यतिले पनि नपुगेको बताउँदै अझै विस्तार गर्ने बताए । ‘मन्त्री अझै पुगेको छैन, आवश्यकता परे विस्तार गर्नुपर्ने अवस्था छ ।’
यस्तै उनले निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तार निर्वाचन आचारसंहिता विपरीत भएको भनि दिएको प्रतिक्रिया सम्बन्धमा प्रधानमन्त्री देउवाले विस्तार गरिसकेकाले अब निर्णय फिर्ता नहुने उल्लेख गरे । बिपरित भनेपनि आयोगले निर्णय फिर्ता गर्न नभनेको उनको भनाई छ ।

संविधान संशोधनको प्रस्ताव संसदमा फेल भए पनि अब चुनावपछि फेरि प्रस्तुत गरिने उनले बताए । सरकारले मधेसी जनताको भावना कदर गर्ने भन्दै प्रधानमन्त्री देउवाले संविधान लचिलो दस्तावेज भएकाले जहिले पनि संशोधन गर्न सकिने बताएको हो ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula