निर्वाचन आयोगको दोहोरो चरित्र, एकैपटक १० सचिव र १५ सहसचिव विदेश भ्रमण

प्रकाशित मिति :2017-09-12 12:22:02

काठमाडौं: निर्वाचन आयोगले दुई दर्जन उच्च अधिकारीहरुलाई एकैपटक विदेश भ्रमणको सहमति दिएको छ । कुनै पनि सरकारी अधिकारीहरुको विदेश भ्रमण अनुमति नदिन सरकारलाई निर्देशन दिएको निर्वाचन आयोग दिएको थियो ।

निर्वाचन आयोगका आयुक्त सुधीर शाहको सोर्स लगाएर एउटा सेमिनारमा भाग लिन एकैपटक १० जना सचिव र १५ जना सहसचिव चीन भ्रमणमा निस्किएका हुन् । एउटा सेमिनारमा भाग लिन नेपाल सरकारका १० सचिवलाई निर्वाचन आयोगले सहमति दिएको हो ।

आधा महिनाका लागि १० सचिव र १४ सहसचिवहरु चीन उडेपछि कतिपय मन्त्रालय र विभागहरुको काम नै प्रभावित भएको छ ।

चीन भ्रमणमा निस्कने सचिवहरुमा रामकुमार कृष्ण देवकोटा, बिष्णुप्रसाद लम्साल शम्भु कोइराला, मणिराम नृपध्वज निरौला र राष्ट्रिय सचिव यामकुमारी खतिवडा पनि चीन भ्रमणमा छन् ।

सचिव सरहको विशिष्ठ श्रेणीका नायब महान्यायाधिवक्ता वद्रिप्रसाद गौतम, उपमहालेखापरीक्षक रामुप्रसाद डोटेल, पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वर मानसिंह पनि चीन भ्रमणमा छन् ।

चीन भ्रमणमा निस्कने १५ जना सहसचिवको टोलीमा कुमार दाहाल, ईश्वर जिराजल, दामोदर रेग्मी, लीला गड्तौला, निरौला, ईश्वर पौडेल रघुराम विष्ट छन् । त्यस्तै टेकनारायाण पाण्डे, खगेन्द्र सुवेदी, सुदर्शन ढकाल, हरिप्रसाद जोशी, अणप्रसाद न्यौपाने, कुलप्रसाद चुडाल पनि सोही टोलीमा छन् ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula