‘नेपालमा आलुको भाउ छ मन्त्रीको छैन’

प्रकाशित मिति :2017-09-11 21:13:27

काठमाडौं :नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले कीर्तिमानी मन्त्रीमण्डल विस्तारपछि नेपालमा आलुको भाउ भएको तर मन्त्रीको कुनै भाउ नरहेको टिप्पणी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा सोमबार नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीसँगको एकता कार्यक्रममा यस्तो टिप्पणी गरेका हुन् ।

नवनियुक्त विज्ञान तथा प्रविधिमन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डे र उद्योगमन्त्री सुनिलबहादुर थापा पद तथा गोपनीयताको शपथ लिदैं । तस्बिर : रासस ।

प्रधानमन्त्री देउवाले सोमबार २०५२ सालमा ४९ सदस्यीय मन्त्रीमण्डल बनाएर ठुलो जम्बो मन्त्रीमण्डल बनाएको रेकर्ड तोड्दै सोमबार ५४ सदस्यीय मन्त्रिमण्डल विस्तार गरपछि ओलीले नेपालको मन्त्रीहरुको आलुको जतिको भाउ पनि नभएको प्रतिक्रिया आएको हो ।

‘अहिले नेपालमा बरु आलु, गाँजर, मुला ,प्याज टमाटरजस्ता तरकारीको भाउ बढेको छ तर मन्त्रीको भाउ सबैभन्दा घटेको छ ।’ ओलीले भने, ‘कोहि मन्त्री बन्यो भन्दा गर्व गर्ने ठाउँ नै छैन् ।’

यस्तै ओलीले एमाले लोकतन्त्र र राष्ट्रियताप्रति बेइमानी नगर्ने भन्दै सुशासनप्रति वफादार छ रहेको बताए । उनले देशको माया गर्न कुनै पार्टीमा हुनैपर्छ भन्ने नरहेपनि राष्ट्रियताप्रति प्रतिबद्ध पार्टीमा रहनु चाहिँ राम्रो भएको बताए ।

कार्यक्रममा चूडादेव सिंह नेतृत्वको नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी नामको सिंगै दललाई पार्टीमा प्रवेश गरे ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula